हेटौडा १७ श्रावण/ हेटौंडा ८ किरण चोकमा सञ्चालित चार महिने एकीकृत बाली सत्रुजिब ब्यवस्थापन (आईपीएम) कृषक पाठशाला तालिम आज समापन भएको छ । कार्यक्रम हेटौंडा नगरपालिकाको सहयोगमा आयोजना भएको हो ।
कार्यक्रममा जिल्ला आईपीएम कृषक समिति मकवानपुरका सचिब घमराज तिमल्सिना र सदस्य शारदा तिमल्सिनाले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा किरणचोकका स्थानिय २० जना कृषकको सहभागिता रहेको थियो । समापन कार्यक्रम हेटौंडा नगरपालिकाको समाज कल्याण शाखा प्रमुख धु्रबबहादुर भुजेलको प्रमुख अतिथ्य तथा कालिका आईपीएम कृषक पाठशालाका अध्यक्ष ईन्द्रप्रसाद मैनालीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा जिल्ला कृषि बिकास कार्यालय मकवानपुरका प्राबिधिक हेडम्बराज अधिकारी, जिल्ला आईपीएम कृषक समितिका अध्यक्ष टिका प्रसाद दाहाल, सचिब घमराज तिमल्सिना, आमा समूहकी अध्यक्ष ईश्वरी अर्याल, एकीकृत ग्रामिण बिकास सेवा (आईभीडीएस)की अध्यक्ष सिता बिष्ट लगाएत राजनितिक संयन्त्रका प्रतिनिधिहरुले मन्तब्य ब्यक्त गर्नु भएको थियो । समापन कार्यक्रम कालिका आईपीएम कृषक पाठशालाकी सचिब लक्ष्मी अधिकारीले सञ्चालन गर्नु भएको थियो । गतआर्थिक बर्षमा मकवानपुरमा हेटौंडा नगरपालिका, जिल्ला कृषि बिकास समितिको सहयोगमा आठ वटा आईपीएम कृषक पाठशाला गठन भएको छ । हालसम्म सरकारी तथा गैरसरकारी संघसंस्थाको सहयोगमा करिब एक सय ५० वटा आईपीएम कृषक पाठशाला गठन भएका छन् । हालसम्म मकवानपुरका १३ गाबिस र हेटौंडा नगरपालिकामा गरि ती आईपीएम कृषक पाठशाला गठन भएका हुन् । पाठशाला गठन तथा तालिम सञ्चालन गर्न आईभीडीएस, बिश्व शिक्षा नेपाल, प्लान मकवानपुर, जिल्ला कृषि बिकास कार्यालय लगाएतले सहयोग गर्दै आएको छ । चालुआर्थिक बर्ष २०६८/६९ मा संघसंस्थाको सहयोगमा हरेक गाबिसमा कम्तीमा एक कृषक पाठशाला गठन गरिने जिल्ला आईपीएम कृषक समितिका अध्यक्ष टिका प्रसाद दाहालले जानकारी दिनुभयो । स्थानिय समाचार

No comments:
Post a Comment