बारा २५ श्रावण/ हुलाकी सडक खण्ड स्थित बाराको बरियापुरबाट कलैयातर्फ जादै गरेको एक ट्रिपरको ठक्करबाट एक बालिका गम्भिर घाईते भएकी छन् ।
बरियापुरबाट कलैया तर्फ जादै गरेको वा.२ ख.६५४२ नम्बरको ट्रिपरले वघवनमा हिजो साझ ठक्कर दिदा सोही गाविस वडा नम्बर १ निवासी राजेन्द्र जैसवालकी १२ बर्षीया छोरी रजनी जैसवालको दुइटै खुटा भाचिएको कलैया ट्राफिक कार्यालयले जनाएको छ । जैसवालको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ भने उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । ट्रिपर चालक फरार रहेका छन् भने ट्रिपर जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ ।
No comments:
Post a Comment