Pages

हामिले अभियान सुरु गरेपछि राजेन्द्र महतो पनि बढारिन्छन: अनिल झा

काठमाडौं १६ श्रावण/ सदभावना पार्टीबाट विभाजित गरेर संघीय सदभावना पार्टी गठन गरेका सभासद अनिल झाले आफ्नो पार्टीले संगठन निर्माण र भण्डाफोर अभियान सुरु गरे सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो समेत राजनीतिबाट बढारिने दावी गरेका छन् । .............
महतो नेतृत्वको पार्टीका सर्लाही जिल्ला उपाध्यक्ष चेतनारायण महतोलाई पार्टीमा प्रवेश गराउन रिपोर्टर्स क्लब नेपालमा सोमबार आयोजित कार्यक्रममा झाले राजेन्द्र महतोले आफ्नो सम्पत्ति प्रति आशंका गर्दै लान्छना लगाएको प्रति संकेत गर्दै भने–मेरो सम्पत्तिको त म हिसाव दिन सक्छु तर राजेन्द्र महतोसाग आफ्नो सम्पत्तिको हिसाव दिने क्षमता छ ? राजेन्द्र महतो जस्तो म रेष्टुरेन्टमा रक्सी खाएर पैसा नतिरी हिड्ने र अर्काको टेण्डरमा आफ्नो नाम राखेर अकुत कमाएको मान्छे म होईन । उनले राजेन्द्र महतोसाग कसैको ब्यक्तिगत विषयमा लान्छना लगाएर भन्दा पनि राजनीतिक प्रतिबाद र चरित्र प्रस्तुत गर्न आग्रह गरे । पत्रकार सम्मेलनमा राजेन्द्र महतोको गााउका निर्वतमान गाविस अध्यक्ष समेत रहेका नवप्रवेसी महतोले पार्टीका त्यागी कार्यकर्ताहरुलाई उपेक्षा गरेर आफ्ना आसेपासे हरुलाई मात्र संरक्षण गरेकोले आफूले सदभावना पार्टी परित्याग गर्नु परेको दावी गरे ।

No comments:

Post a Comment