बीरगंज ८ भदौ/ हेटौंडा र चितवनमा मोबाइल, ब्युटिपार्लर, बाासका मुढा बनाउने, स्टिल दराज बनाउने, डकर्मी सम्वन्धि तालिम लिएका प्रशिक्षक प्रशिक्षार्थीहरु सहित तीज विशेष कार्यक्रम मनाएका छन् ।
तीजको अवसर पारेर क्रिएटिभ सर्भिसेज एण्ड सेल्स प्रालिले आफ्ना ४३ प्रशिक्षार्थीहरुलाई सहभागि गराई दरखाने कार्यक्रम गरेको विरगंजका राकेश शर्माले बताउनुभयो । हेटौंडाका २२ र चितवनका २१ गरी जम्मा ४३ प्रशिक्षाार्थीहरुलाई ६५ दिन सम्म तालिम दिइएको प्रालीका हेटौंडा संयोजक एवम् मोबाईल मर्मतका प्रशिक्षक माधव पौडेलले बताउनुभयो । यस संस्थामा सिकाइएको ज्ञानलाई व्यवहारमा उतार्न उपयोगि हुने विश्वास संयोजक पौडेलले लिनुभएको छ । मोबाइल मर्मतकी प्रशिक्षार्थी सृजना परियारले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा संस्थाका राकेश शर्मा, अर्चना प्रधान, सुनिता रौनियार, प्रशिक्षार्थी रन्जन ढकाल लगायतले मन्तव्य राख्नु भएको थियो । सोहि कार्यक्रममा भेला भएकाहरु विच हरितालिका तीजको शुभकामना आदान प्रदान गरिएको थियो । दरखाने कार्यक्रममा तीजका विभिन्न भाकाको गीतमा नााचगान समेत गरिएको संयोजक पौडेलले जानकारी दिनुभयो ।
No comments:
Post a Comment