बीरगंज ३ भदौ/ कृष्ण जनमाष्टीको अवसरमा रक्तदान दान कार्यक्रम आज मुर्ली १६ मा सम्पन्न भएको छ ।
सामुदायीक बिकाश केन्द्र तथा सामुदायीक प्रहरी सेवा श्रीपुर मुर्लीको संयुक्त आयोजना आयोजित सो रक्तदान कार्यक्रमको पर्साका प्रहरी उपरीक्षक रमेश खरेलले पानसमा बत्ती बाली उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा राजेश श्रेष्ठ, रामचन्द्र चौहान, बिरेन्द्र महतो, सुमन कुमार सर्राफ, सुर्य बहादुर थापा, सुरेश साह, नविन सिंह, मनोज जैन, दिपक डंगोल, बिशाल रौनियार लगायत ६९ जनाले रक्तदान गरेका थिए । रक्त संचार केन्द्र बीरगंजमा रगतको अभाव भएका कारण रक्तदान कार्यक्रमको आयोजना गरिएको बताइएको छ । सामुदायीक प्रहरी सेवा श्रीपुरका अध्यक्ष हरिहर महतो कोईरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
No comments:
Post a Comment