बीरगंज २६ श्रावण/ शिक्षकहरुको बिवादका कारण २ बर्ष देखी बन्द रहेको पर्साको र्झावागुठी गाबिस स्थित नेपाल राष्ट्रिय प्राथमिक बिधालयमा आज देखी पठन पाठन शुरु भएको छ ।
बन्द बिधालय संचालनमा आएपछि स्थानिय अभिभावक र बिधार्थी खुसी भएका छन । कक्षा ५ मा अध्यन्नरत मधुमाला कुमारीले आफनै गाँउकै बिधालयमा पढन पाएको भन्दै खुसी ब्यक्ति गर्नु भयो । बिधालयको प्रधानाध्यापक पदमा हरिनाथ साह र कन्हैया चौरसियाले दावी गरेपछि उत्पन्न बिवादले राजनितीक रंग लिएपछि बिधालय बन्द हुन पुगेको थियो । सामाजिक संस्था जिल्ला समन्वय समिती पर्साको पहलमा हिजो बिधालय परिसरमा भएको सर्बपक्षिय भेलाले बिवाद पछि टुङ्गो लगाउने भन्दै पठन पाठन शुरु गर्ने निर्णय गरेको हो । बिधालयमा कुनै समस्या उत्पन्न भएमा सथानिय स्तरमा समाधान गरिने समेत हिजो सर्बपक्षिय भेलाले निर्णय गरेको छ ।
No comments:
Post a Comment