Pages

माक्र्सबादीको बैठक सम्पन्न

बारा १५ श्रावण/ नेकपा संयुक्त माक्र्सबादी केन्द्रीय कमिटिको बैठक बाराको कचोर्वामा सम्पन्न भएको छ । ...........
साउन १३ देखी शुरु भएको सो बैठक १४ गते सम्पन्न भएको र सो बैठकले बिभिन्न निर्णय गरेको बैठक समापन पश्चात कलैयामा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव प्रकाश अधिकारीले जानकारी दिए । राजनीतिक भ्रष्टाचारको किर्तिमान कायम गरिरहेका सत्ताधारी दलहरुका कारण देशमा अनियन्त्रित रुपमा बढदो महंगी, सर्बत्र व्याप्त भ्रष्टाचार शान्ति सुरक्षाको दयनिय अवस्था तथा किसानहरुले समयमै मल खाद, बिउ बिजन सरल र शुलभ तरिकाले प्राप्त गर्न नसकिएकोले सबैको अधिकार सुनिश्ति गर्न माग गरिएको छ । साथै शान्ति र संबिधान निर्माणको बिषयलाई केवल ओठे भक्तिको रुपमा मात्र प्रयोग गरेर सत्ता प्राप्ति र टिकाई राख्नका लागि बिभिन्न अवाञ्छित खेलमा लागेको आरोप पनि लगाएको छ । तोकिएकै समयमा शान्ति र संबिधानको कार्य पुरा नभए नयाा जनादेशको लागि चुनाव नभए जनसंघर्षमा जाने महासचिव अधिकारीले पत्रकार सम्मेलनमा जनाकारी गराए । साथै पार्टीको बिभिन्न संगठनको प्रमुख एवं ईन्चार्ज पनि तोकिएको जनाईएको छ । पार्टी संगठन बिभागमा कैलाश यदुबंशि, अर्थ र बिदेश बिभागमा रमेशबाु श्रेष्ठ, किसानमा नागेन्द्र यादव, महिला फााटमा लक्ष्मी कुमारी महतो, सांस्कृती फााटमा मनोज कुमार यादव,  युवा तथा बिधार्थी फााटमा अनिल रत्न तुलाधर, आदिबासि जनजाती बिभागमा धर्मेन्द्र चौधरी, बुधिजिबि फााटमा अशोक यादव, शिक्षक बिभागमा भक्ति शर्मा बाग्लेलाई जिम्मेवारी तोकिएको छ ।

No comments:

Post a Comment