बीरगंज १५ फागुण/ सशस्त्र भूमिगत संगठनको नाममा लामो समयदेखि तराईका बिभिन्न शहरका व्यापारी तथा सर्वसाधारणलाई फोनबाट धम्की दिई रकम असूल्दै आएको नेपाल खाद्य संस्थानका एकजना कर्मचारीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
लेखा व्यवसायीहरुको तीन दिने तालीम
बीरगंज १५ फागुण/ नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आईक्यान) को आयोजना र नेपाल अडिटर्स एशोसिएशन (अडान) को संयोजनमा सञ्चालित लेखा व्यवसायीहरुको तीन दिने अनवरत शिक्षा तालीम आज वीरगंजमा सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी द्वारा आगलागी नियन्त्रण
बीरगंज १५ फागुण/ गएराती पर्साको तुल्सीअर्वा गाविस वडा नम्बर ९ स्थित तीनवटा घरमा आगलागी भएको छ ।
छैठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा शैलेश राणाले स्वर्णपदक जिते
बीरगंज १५ फागुण/ वीरगंजमा जारी छैठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको पौडी प्रतियोगितामा आज भएको पुरुष दुई सय मिटर इन्डिभिजुअल मेडलीमा शैलेश राणाले स्वर्णपदक जितेका छन् ।
सिंहदरवारअघि बम विस्फोट, तीनको मृत्यु, सरकारद्वारा छानबीन समिति गठन
बीरगंज १५ फागुण/ भर्खरै प्राप्त समाचार अनुसार काठमाण्डौको अति सुरक्षित स्थान मानिने सिंहदरवार नजिकै आयल निगम भवन अगाडी सोमबार अपरान्ह करिव एक बजेर १० मिनेटमा शक्तिशाली बम बिष्फोट भएको हो ।
शिक्षकहरुको स्वार्थले बिद्यार्थीहरुको बिजोक
बीरगंज १३ फागुण/ बिद्यार्थीहरुको बार्षीक परिक्षा नजिकीदै जाँदा शिक्षा पेशा संग आवद्ध भएका संगठन र युनियनहरुको बन्दको प्रभावका कारण बिद्यार्थीहरुको स्वतन्त्र र शान्ति पुर्वक शिक्षा हासिल गर्ने अधिकारबाट बन्चित भएका छन ।
रिलिफ द्वारा श्रद्धाञ्जली सभा
बीरगंज १३ फागुण/ रिलिफ सोसाईटी अफ कर्मश वीरगन्जले समाजसेवी, बुद्धिजिवी एवं रिलिफ सोसाईटी अफ कर्मशका अध्यक्ष बिहारी लाल लाठको शनिबार श्रद्धाञ्जली सभा गरेको छ ।
थप उपचारका तीन कैदीलाई राजधानी पठाइयो कारागारको अवस्था सामान्य
बीरगंज १३ फागुण/ हिजो साँझ बीरगंज कारागारमा भएको झडपमा परी घाइते भएका तीनजना कैदीबन्दीहरुलाई थप उपचारका लागि आज राजधानीस्थित केन्द्रीय कारागारमा रेफर गरीएको छ ।
गजल तथा सृजना वाचन कार्यक्रम
बीरगंज १३ फागुण/ ३१ औ गजल तथा सृजना वाचन कार्यक्रम आज बीरगंजमा सम्पन्न भएको छ ।
रजतजयन्तीको अवसरमा रक्तदान
बीरगंज १३ फागुण/ नेशनल लाईफ ईन्सयोरेन्स कर्पोरेशनले आफ्नो रजतजयन्तीको अवसरमा आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
बार एसोसिएसन द्वारा बिरोध प्रदर्शन
बीरगंज १२ फागुण/ शान्ति प्रक्रिया पुरा गरी लोकतान्त्रिक संविधान निर्माण गर्न दबाद दिने उद्देश्यले नेपाल बार एसोसिएसनले आज बीरगंजमा दवाव र्यालीको आयोजना गरेका छन ।
न्यायाधीशको राय बाझिएको
बीरगंज १२ फागुण/ स्वतन्त्र सभासद बबन सिंहका आरोपी रहेको अपहरण मुद्दामा दुई न्यायाधीशको राय बाझिएको छ ।
अर्थमन्त्री द्वारा कार्यालय निरीक्षण
बीरगंज १२ फागुण/ अर्थ राज्य मन्त्री हरि खेवा लिम्बुले आज वीरगंज भंसार कार्यालय लगायत पर्सा र बाराका अर्थ मन्त्रालय मातहतका अन्य भंसार तथा कार्यालयको निरीक्षण गरेका छन् ।
पौडी प्रतियोगीता बीरगंजमा शुरु
बीरगंज १२ फागुण/ राष्ट्रिय पौडी संघ द्वारा बीरगंजमा फागुण १४ गते देखी आयोजना गर्न लागिएको राष्ट्रिय पौडी प्रतियोगीता अन्तरगत आज देखी छनौट खेल शुरु भएको छ ।
ठोरीका बासिन्दाहरु द्वारा आपत्ति
बीरगंज १२ फागुण/ राज्यपुर्नसंरचना आयोगले पेश गरेको दुई वटै रायमा ठोरीलाई मिथिला भोजपुरा राज्यमा समावेश गर्न लागिएको भन्दै ठोरीबासीले आपत्ति जनाएका छन् ।
सशस्त्रको बेस क्याम्पको माग
बीरगंज १२ फागुण/ पर्सा जिल्लाको लाहोरथकरी गाबिसका जनताले गाउ र गाउलेको सुरक्षाको लागि सशस्त्रको बेस क्याम्प राख्नु पर्ने माग गर्दै आज अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् ।
विवादले उधोग बन्द गर्न नमिलने
वीरगंज ९ फागुण/ श्रम तथा यातायात मन्त्री सरिता गिरीले श्रम र मजदुरको विवादले कुनैपनि उद्योगलाई बन्द गर्न नमिल्ने बताएकी छिन् ।
सडक फराकिलो कार्यलाई निरन्तरता
बीरगंज ९ फागुण/ वीरगंजलाई पूर्व पश्चिम राजमार्गसाग जोड्ने त्रिभूवन राजपथ अन्तर्गत पर्ने गण्डक देखि रक्सौल सम्मको सडक फराकिलो पार्ने कार्यलाई वीरगन्ज उपमहानगरपालिका कार्यालयले निरन्तरता दिएको छ ।
प्रहरीद्वारा सात सय कुखुराको चल्ला नष्ट
बीरगंज ८ फागुण/ बीरगंज चिनी मिलस्थित सीमा सुरक्षा कार्यालय पर्साले विभिन्न नाकाबाट बरामद गरेको अवैध कुखुराको चल्लालाई आज नष्ट गरेको छ ।
क्रिकेट प्रतियोगिता सुरु
बीरगंज ७ फागुण/ नेसनल प्यावसन पर्साको आयोजनामा आइतबार देखि वीरगंजमा अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
राजावादी द्वारा र्याली र कोण सभा
बीरगंज ७ फागुण/ ६२ औं प्रजातन्त्र दिवस, त्रिभुवन जयन्ती तथा पूर्व बडामहारानी कोमलको ६० औ जन्मदिनको अवसरमा राज संस्था समर्थक बिभिन्न संघसंस्थाले आइतबार बीरगंजमा र्याली निकालेका
छन् ।
छन् ।
प्रजातन्त्र दिवसमा बिभिन्न कार्यक्रम
बीरगंज ७ फागुण/ ६२ औ प्रजातन्त्र दिवसको अवसरमा आज बीरगंजमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
ब्रहमकुमारी द्वारा भाँकी प्रदर्शन
वीरगंज ७ फागुण/ ब्रहमकुमारी राजयोग सेवा केन्द्र विश्व भवन पर्साले ७६ औ महाशिवरात्री पर्व धुमधामका साथ मनाएका छन ।
बीरगंज उद्योग वाणिज्य संघको ३६ औं साधारण सभा सम्पन्न
वीरगंज ६ फागुण/ नेपाल राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाले मुलुकको आर्थिक विकासका लागि कुनै ‘शुभ मुहुर्त’ कुर्नु नपर्ने बताउनु भएको छ ।
विद्यालय परिचय कार्यक्रम
बीरगंज ६ फागुण/ भारतको शिलिगुडीस्थित नर्थप्वाइन्ट रेसिडेन्सियल स्कुलले शुक्रबार वीरगंजमा विद्यालय परिचय कार्यक्रम आयोजना गर्यो ।
लागु औषध सहित एक पक्राउ
वीरगंज ५ फागुण/ जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध सहित एक जना भारतीय महिलालाई पक्राउ गरेको छ ।
बिश्व बिधालयका लागि प्रमलाई ज्ञापन
बीरगंज २७ माघ/ प्रस्ताबित बीरगंज बिश्व बिधालय स्थापनाका लागि आवश्यक बिधेक संसदवाट पारित गर्न माग गर्दै बिश्व बिधालय त्यारी समितीले आज प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको छ ।
राजनितीक पार्टीको कार्यालयमा धर्ना
बीरगंज २७ माघ/ नेपाल शिक्षक युनियन र शैक्षिक गणतान्त्रीक शैक्षिक मञ्च पर्साको संयुक्त आहवानमा शिक्षकहरुले आज नेकपा एमाले पर्साको पार्टी कार्यालयमा धर्ना दिएका छन ।
चरेश सहित एक पक्राउ
बीरगंज २६ माघ/ बीरगंज भन्सार राजश्व गस्तीमा खटिएको सशस्त्र प्रहरीले आज बिहान अबैध चरेश सहित एक जना रिक्सा चालकलाई पक्राउ गरेको छ ।
गजल तथा सृजना बाचन कार्यक्रम
बीरगंज २१ माघ/ ३० औ गजल तथा सृजना वाचन कार्यक्रम आज बीरगंजमा सम्पन्न भएको छ ।
‘समाज र प्रहरी हातेमालो गरौ’
बीरगंज २१ माघ/ प्रहरी पनि समाजकै अंग भएकाले समाजमा शान्ति सुरक्षा स्थापना गर्न नागरीक समाज र प्रहरीले हातेमालो गर्नु पर्ने एक कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन ।
श्री गणेशको तेश्रो बार्षिक साधारणसभा
बीरगंज २१ माघ/ श्री गणेश बचत तथा ऋण सहकारी संस्थाको तेश्रो बार्षिक साधारण सभा आज वीरगंजमा सम्पन्न भएको छ ।
जनचेतना मुलक र्याली
बीरगंज २१ माघ/ सबै मिलेर गरेर सम्भव छ भन्ने नाराका साथ २९ औ बिश्व क्यान्सर दिवसको अवसरमा आज बीरगंजमा पनि जनचेतना मुलक र्याली निकालीएको छ ।
ग्यास बिक्रेता द्वारा सुरक्षा माग
बीरगंज २० माघ/ सरकारबाट खाना पकाउने ग्यासको सहज रुपमा आपुर्तिमा वास्ता नगरिएको कारण उपभोक्ताहरु ग्यास सिलिण्डर बोकेको गाडीबाट नै नियन्त्रणमा लिने प्रबृती बीरगंजमा पनि शुरु भएको छ ।
करणी गर्न खोज्ने यादव पक्राउ
बीरगंज २० माघ/ पर्साको लालपर्सा गाबिसमा एक महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा ४० बर्षीय बिरबहादुर यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
नेतृत्व तथा संस्थागत विकास तालिम
बीरगंज १९ माघ/ जिल्ला महिला तथा बालबालिका कार्यालयले जिल्लाका ११ गाबिसका महिलालाई नेतृत्व तथा संस्थागत विकास तालिम दिएको छ ।
प्रतिबन्धीत लागु औषध नष्ट
वीरगंज, १९ माघ/ जिल्ला प्रहरी कार्यालय पर्साले एक पत्रकार सम्मेलन गरी प्रतिविन्धित लागू औषधी नष्ट, पाँच जुवाडे पक्राउ, अवैध मदिरा पोखी नष्ट, लागू औषधीको कोराबारी गिरफतार गरेको जानकारी गराएको छ ।
Subscribe to:
Posts (Atom)




