Pages

अनिश्चितकालिन यातायात बन्द

वीरगंज १७ श्रावण/ मजदुरलाई कुटपिट गर्नेमाथि कारवाहीको माग गर्दै सदरमुकाम कलैयाका यातायात मजदुरहरुले आज देखी अनिश्चितकालिन यातायात बन्द गरेका छन ।
कलैया वीरगंज सडक खण्डको भलुही चोकमा ना ३ ख १८८९ नम्बरको मिनी बसका कन्टेक्टर सरोज पटेलमाथि कुटपिट गर्ने स्थानीयबसिन्दा माथि कारवाहीको माग गर्दै नेपाल यातायात मजदुृर संघठन जिल्ला शाखाको आह्वानमा बन्द गरिएको हो । भाडा विवादमा स्थानीय केहीले शनिवार पटेललाई कुटपिट गरी घाइते तुल्याएका थिए । बन्दका कारण भाडाका सवारी साधन संचालन नआएपछि सर्वसाधारण यात्रु समस्यामा परेका छन ।

No comments:

Post a Comment