Pages

शुभजन्मोत्सवमा माल्यापर्ण

बीरगंज ४ भदौ/ नेपाल राष्ट्रवाद संघ पर्साले पूर्व बडामहारानी रत्नराज्य लक्ष्मी देवी शाहको ८४ औ शुभजन्मोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।
संघ पर्साले वीरगंजको बालमन्दिरमा रहेको पूर्व बडामहारानीको सालीकमा माल्यअर्पण गरी शुभकामना मन्तव्य प्रकट गरेको थियो । सो कार्यक्रममा शौकत अली साह, विष्णु कुमार, राजेश श्रेष्ठ, रामेश्वर यादव, नरेश गिरी, रामनारायण श्रेष्ठ, कृष्ण प्रसाद, मजहर हवारी लगायतले आ आफनो शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम संघका पर्सा जिल्ला अध्यक्ष जनकलाल साहको सभापतीत्वमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment