Pages

युवाको भुमिका बिषयक अन्तरकृया












बीरगंज १९ श्रावण/ पब्लिक पोलिसी पाठशालाको आयोजनामा लोकतन्त्रमा नेपाली युवाहरुको भुमिका बिषयक एक दिने राष्ट्रयब्यापी कार्यशाला आज बीरगंजमा सम्पन्न भएको छ ।
बीरगंजको स्थानिय होटल मकालुमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट विश्वप्रकाश शर्मा, एकीकृत नेकपा माओबादीको तर्फबाट लेखनाथ न्यौपाने र प्रोफेसर आनन्द आदित्यले फरक फरक कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत कर्ताहरुले मुलुकले युवा शक्तिलाई राष्ट्रको महत्वपूर्ण शक्तिको रुपमा लिएको भएपनि, युवाहरुको कथा र ब्येथालाई मुलुक, समाज, राजनीतिक पार्टी र राज्यले संवोधन गर्न नसकेकोमा चिन्ता ब्यक्त गरेका हुन् । उनीहरुले नेपालको कुल जनसंख्याको करिव ३८.८५ प्रतिशत युवा रहे पनि संख्याको आधारमा युवाहरुको नीति निर्माणमा सहभागि नभएकोमा चिन्ता ब्यक्त गर्दै अब युवाहरुलाई युज, कन्फ्युज र मिसयुज गर्न छाडी, बरु राज्यले उनीहरुसंग भएको क्षमता, श्रृजनशिलता, जोश र जागरलाई समेटेर अघि बढन सकेमा मात्र मुलुकको समग्र विकास हुने टिप्पणी कर्ताहरुको राय थियो । कार्यक्रममा सहभागिहरुले प्रस्तुत गरेको कार्यपत्रमा युवाहरुलाई आकर्षित गर्ने खालको सुनौलो सपनामात्र समेटेको, तर अहिलेको बिषम परिस्थितीमा युवाहरु कसरी अगाडी भन्ने बिषयमा प्रष्ट कुरा नराखेको टिप्पणी गरेका छन् । प्रस्तुत कार्यपत्रमाथि अधिवक्ता रामेश्वर सेढाई, बीरेन्द्र यादब र युग पाठकले संयुक्त रुपमा टिप्पणी गरेका थिए । समग्रमा मुलुकको बिकासको लागि युवाहरुको भावना, जोस जागरलाई संवोधन गरेर अघि बढनु पर्नेमा जोड दिएका थिए । काठमाडौ, पोखरापछि बीरगंजमा सम्पन्न भएको हो । पिपिपिका संयोजक प्रताप पौडेलको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा नेपाली कांग्रेस पर्साका जिल्ला सभापति सुरेन्द्र चौधरी रहनु भएको थियो ।

No comments:

Post a Comment