वीरगंज ५ भदौ/ नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुको संयुक्त गस्ती टोलीले गएराती पर्साको धोवनी गाविसको विभिन्न दुइवटा घरमा छापामारी गरी करिब एक टन गाजा बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय पोखरी, लगंडी र सशस्त्र प्रहरी बेश क्याम भिकमपुरका संयुक्त प्रहरीको गस्ती टोलीले धोवनी गाविस वडा नम्बर ४ को जगदिश कुर्मी र हरिलाल कुर्मीको गोठमा छापामारी गरी एक टन गाजा बरामद गरेको छ । सुराकीको आधारमय प्रहरी टोलीले जगदिश कुर्मीको गोठ स्टोर गरी राखिएको ११ ड्रम, २ बोरा गाजा र हरिलाल कुर्मीको गोठमा स्टोर गरी राखिएको २ ड्रम र १० पोका गरी करिब एक टन गाजालाई आफनो नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको ड्रम सहित गाजालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको पर्साका प्रहरी नायब उपरिक्षक रविन्द्र केसीले बताउनु भयो ।
No comments:
Post a Comment