बीरगंज २९ श्रावण/ सानो पाइलाको सहयोग तथा अमेरिकन दुतावासको नेपाल युवा परामर्श परिषद पर्साको आयोजनामा दुई दिने क्षेत्रीय गोष्ठी आज देखी बीरगंजमा शुरु भएको छ ।
बीरगंजस्थित जेसीजको सभाकक्षमा आयोजित सो गोष्ठीका प्रमुख अतिथी बीरगंज बिर्ता ४ बस्ने साधारण ब्यक्ति चिया पसले दोर्जे शेर्पाले उदघाटन गर्नु भएको थियो । गोष्ठीमा पर्सा, सिराहा, सप्तरी, धनुषा, सुनसरीबाट सहभागी २० जना प्रतिनीधिहरु बीच स्थानिय श्रोतबाट बिकाशका बारेमा छफलफ सानो पाइलाका अध्यक्ष कञ्चन झाले बताउनु भयो । कार्यक्रममा पत्रकार चन्द्रकिशोर झाले मध्यपुर्वी तराईको राजनितीक अस्थीरता कानुन ब्यवस्था तथा पत्रकार कृष्णचन्द्र लामिछानेले प्ेरस स्वतन्त्रता एवम गुणस्तरीय पत्रकारीताका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक रमेश खरेल, मानव अधिकारकर्मी रितेश त्रिपाठी, जिल्ला बिकाश समितीका कार्यक्रम अधिकृत धर्मराज थापा, बीरगंज उपमहानगरपालिकाका प्रतिनीधि लगायतकाको उपस्थिती रहेको थियो । सानो पाईलाका सचिव सुबिर घोसको सभापतित्वमा भएको कार्यक्रमको दोश्रो दिन युवा, अपराध र लागु औषध बिषयमा पर्साका प्रहरी नायव उपरीक्षक दिवेश लोहनी तथा सानो पाइलाका निर्देशक साधुराम खड्गीले बिषयगत छफलफ उठान गर्ने कार्यक्रम तय गरिएको छ भने उद्यम शिलता र रोजगारीको अवसरहरुको बिषयमा इन्दुशेखर मिश्रले छफलफ गर्नु हुने जनाइएको छ ।
No comments:
Post a Comment