Pages

एक दिने अन्तरक्रिया कार्यक्रम

वीरगंज ५ भदौ/ अपाङ्घता भएका व्यक्तिको सवालमा सरोकारवालाहरुको भुमिका विषयक एक दिने अन्तरक्रिया कार्यक्रम आज वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ ।
मधेशी राष्ट्रिय अपाङ्घ महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथी पर्साका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम, अतिथी पर्साका प्रहरी उपरिक्षक रमेश खरेल र महिला विकास कार्यालय पर्साका प्रमुख उर्वरा लुईटेलले अपाङ्घताको विकासको लागि सरकारले निर्धारण गरेको सेवा सुविधा दिलाउन स्थानिय स्तरका सरकारी कार्यालयहरुबाट उपलब्ध गराउन प्रतिबद्धता जनाउनु भएको छ । कार्यक्रममा जनार्धन यादवको संयोजगत्वमा ५ सदस्यीय अपाङ्घता जिल्ला समन्वय समिति गठन गरिएको छ । जसको सचिवमा डिपी बजगाई र कोषाध्यक्षमा देवनारायण पण्डित लगायतका रहेका छन । त्यसैगरी मधेशी अपाङ्घ द्धारा आयोजित ३ महिने सिलाई कटाई तालिममा सहभागिहरुलाई तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य विमल श्रीवास्तवले प्रमाण पत्र हस्तारन्तर गर्नुभयो । कार्यक्रम महासंघका अध्यक्ष प्रेम नारायण झाको सभापतीत्वमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment