Pages

सहकार्यमा जोड

बीरगंज २७ श्रावण/ विद्यार्थी जागरण मन्च पर्साको आयोजनामा शुक्रबार सरोकारवालाहरुसंगको समन्वय बैठक सम्पन्न भयो ।
संस्थाले एचआइभि, लागु औषध प्रयोगकर्ता न्युनिकरण तथा क्षयरोग जस्ता क्षेत्रमा कार्य गर्दै आएको छ । संस्थाले यस क्षेत्रमा गरेका कार्य र प्रगति बारे सहभागीहरुलाई बैठकमा जानकारी गराइएको थियो । वीरगंज कारगारका जेलर गोपाल ढुंगाना, जिल्ला जनस्वास्थ्य प्रमुख इन्द्र प्रसाद यादव, विजामका अध्यक्ष महेश अर्याल, कार्यक्रम अधिकृत सुदर्शन सिंह, निर्देशक विनय अमात्य लगायतकाले बोल्दै सरोकारवाला सबै बर्गको सहकार्यबाट बिजाम आफ्नो उद्देश्यमा सफल हुने बताएका थिए । बैठकमा सहभागी प्रहरी उपरीक्षक रमेश खरेलले संस्थाले प्रहरीले गर्नु पर्ने कतिपय कार्य गर्दै आएकोमा त्यसको सराहना गर्दै लागु पदार्थका दुव्र्यसनी तथा कारोबार न्यूनीकरणको क्षेत्रमा भविष्यमा सहकार्यको आग्रह समेत गरेका थिए ।

No comments:

Post a Comment