वीरगंज २१ श्रावण/ आठ राजनीतिक यूवा संगठन बाराले जिल्लाको बिभिन्न सरकारी कार्यालयहरुमा भइरहेको ढिलासुस्ती, अनियमितता तथा कर्मचारी अनुपस्थितीले सरकारी कार्यालयहरु प्रति आम नागरिकको नाकारात्मक सोच भइरहेको कारण नागरिकको काम समयमै गर्न मांग गरेकोछ ।
साथै सरकारी सम्पत्तिको दुरुपयोग रोक्न सम्बन्धीत निकायसंग मांग गरेको छ । आठ राजनीतिक यूवा संगठन बाराका संयोजक ध्रुव यादवको अध्यक्षतामा आज बसेको बैठकले यस्तो मांग गरेको हो । साथै कलैया नगरपालिकाले बिकासका कार्यहरुमा नगरबासिको संयक्त अनुगमन एंवम् लगत इस्टिमेट अनुसार कार्य गर्न मांग गरेकोछ । लगत इस्टिमेट अनुसार नगरपालिकाले कलैया–५ मा कालोपत्रे काम नगरेको कारण सो कार्य रोका गरेकोछ ।
No comments:
Post a Comment