Pages

श्रीमद भागवद सप्ताह आज देखी शुरु

बीरगंज १ भदौ/ श्री नेपाल राष्ट्रिय लक्ष्मन शाह चन्द्रज्योती माध्यमिक विद्यालय रगंपुर टाडी पर्सामा श्रीमद भागवद सप्ताह ज्ञानमहायज्ञ आज देखि शुरु भएको छ ।
ज्ञानमहायज्ञको उदघाटन विद्यालयका सस्थापक एव समाजसेवी माधव प्रसाद सुवेदीले गर्नेुहुने छ । यज्ञको आज पहिलो दिन ५०५ जना कुमारीबाट कलश यात्रा निकालिएको छ । पर्साको गादीमाई मन्दिरबाट निकालिएको कलश यात्रा गाविस परिक्रममा गरी महायज्ञ स्थलमा पुगि सम्पन्न हुने छ । महायज्ञको युवा पन्डित सुर्दशन चालिसेले कथावाचन गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ । विद्यालयको भवन निर्माण तथा प्लस टुका संचालनको लागि महासज्ञको आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष गोपाल रायले बताउनु भयो । महायज्ञबाट करिब ५० लाख रुपैया आर्थिक संकलन हुने अनुमान गरिएको अध्यक्ष रायले बताउनु भयो ।

No comments:

Post a Comment