वीरगंज २१ श्रावण/ तराई मधेश लोकतान्त्रीक पार्टीको भातृ संगठन तराई मधेश बिधार्थी फ्रन्ट बीरगंजले आज आफनो चौथो स्थापना दिवस मनाएको छ ।
बिधार्थी फ्रन्टको स्थापना भएको ४ बर्ष पुगेको अवसरमा बीरगंजको श्रीपुर स्थित पार्टी कार्यालयमा दिवस मनाएको हो । बिधार्थी फ्रन्टका जिल्ला अध्यक्ष भरत भुषण पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय कोषाध्यक्ष सुबोध साह, केन्द्रिय सचिवालय सदस्य ओमलोक सिंह, केन्द्रिय सदस्य सुरेश गिरी, लाल कुश्वाहा लगायतको सहभागीता रहेको थियो ।
No comments:
Post a Comment