वीरगंज २१ श्रावण/ रक्त संचार केन्द्र बीरगंजमा रगतको अभाव देखिएका कारण ग्रामीण बासिन्दा बिकाशमा सहभागी नामक संस्थाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बीरगंज उपमहानगरपालिका वडा नम्बर १२ रानीघाट स्थित शुभ तारा निम्न माध्यमिक बिधालयको प्राङ्गणमा आयोजित सो रक्तदान कार्यक्रममा दयानन्द ओझौया, रोजी महतो, बिबेक चौधरी, राजेश बन्धु महतो, सुनिता चौधरी लगायत ३० जनाले रक्तदान गरेका थिए । ग्रामीण बासिन्दा बिकाशमा सहभागी संस्थाकी अध्यक्ष ममता महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
No comments:
Post a Comment