बीरगंज २३ श्रावण/ राजा विना नेपालमा संबिधान बन्न नसकिने एक कार्यक्रम विच स्वतन्त्र नागरिक समाजका राष्ट्रिय अध्यक्ष मेघराज सहनीले बताउनु भएको छ ।
वहाँले संबिधानसभा खारेज गरी राजा सहितको संबिधान जारी गरेमात्र देशमा उन्तती हुने बताउनु भएको हो । राष्ट्रिय मधेशी शहिद उद्यान समिति पर्साले आज वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजना गरेको राष्ट्रिय शहीद स्मृती उद्यान तथा ऐतिहासिक पर्यटकीय सम्बन्धी गोष्ठी र साधारण सभामा यस्तो बताउनु भएको हो । वहाँले मुलुकमा आम नागरिक भन्दा विभिन्न पार्टीका कार्यकर्ता बढी देखिएकोले राजनितिक दलका नेताहरुले आफनो कार्यकर्ताहरुलाई मात्र पालनपोषन गर्ने काम गरीरहेको हुनाले नेपालमा विकास हुने सम्भव नै नदेखिएको जिकिर गर्नुभयो । वहाँले मधेशवादी दलहरुले स्वायत मधेश एक प्रदेश मुद्धा उठाई मात्र मधेशी जनतालाई ठगि गर्नेकाम गरीरहेको आरोप समेत लगाउनु भयो । वर्तमान परिस्थितीबाट बच्न राजाको आवश्यकता देखिएको हुनाले सम्पूर्ण आम नेपाली जनता मिली पुन राजा ल्याई राजा सहितको संबिधानजारी गर्नुपर्ने उनको भनाईथियो । कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवि अधिकारी, वीरगंज उद्योग वाणिज्य संघ पर्साका वरिष्ठ उपाध्यक्ष अशोक बैद्य, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य महेश दास, फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादव, सदभावना पार्टीका नेजामुदिन समानी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अच्छेलाल साह, अपाङ्घ संघका केन्द्रिय अध्यक्ष प्रेमनारायण झा, तमलोपाका जोगिन्द्र पटेल, डा.दिपक शाक्य लगायतले वीरगंजको मुटु घण्टाघर स्थित रहेको राष्ट्रिय मधेशी शहिद उद्यानको संरक्षन समर्वद्धन गर्नको लागि एक आपसमा सहकार्य गरी अगाडी बढनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा सस्थाका श्रीपती चौधरीले राजनितिक दलहरुले सस्थाको जन्म दियो तर पालन पोशन गर्न नसकेको गुनासो गर्नुभयो । कार्यक्रममा समितिका अध्यक्ष पुरुषोत्तम दुवेले पर्सा जिल्लाका शहिद विरबल मुखियाका पत्नी बुनिया देवीलाई एक हजार एक सय पचास रुपैया दिई सम्मान गर्नुभएको थियो ।

No comments:
Post a Comment