बीरगंज ९ भदौ/ एनसेल मोवाइलका प्रयोगकर्ताहरु कम्पनीको प्राबिधीक गडबडीका कारणले निकै समस्यामा परेका छन ।
यो मोबाइलका एक प्रयोगकर्ताले बिगत दुई महिना देखी एनसेलका अन्य मोबाइलमा फोन गर्दा आवाज नै नआउने, कुनै बेला फोन गर्दा फोननै नजाने तर शुल्क भने काटीने, आज पठाइएको एसएमएस चार दिन पछि पुग्ने जस्ता समस्याहरु देखिएको बताए । शुरुमा सो मोवाइल लिदा कम्पनीले राम्रो सुबिधा दिने गरेपनि पछि मोवाइलको बढी बिक्री बितरण हुन थाले पछि कम्पनीको लापरवाही झनै बढदै गएको उनले गुनासो गरे । बिधुत कटौती भएको बेला सो मोवाइलमा फोन गर्दा फोननै नलाग्ने भएको छ । फोन वा मोवाइल आकस्मिक कार्यका लागि हो तर यस्तो अवस्थामा कामनै लाग्दैन भने त्यस्तो मोबाइलको के काम भनि उनले गुनासो गरे । यसबारे कम्पनीलाई पटक पटक जानकारी गराउदा पनि कुनै चाँसो नलिएको बताए । एनसेल कम्पनी सुध्रियो, अब राम्ररी संचालन हुन्छ भनि बजारमा चर्चा रहेपनि यो पनि हल्ला मात्रै रहेको उनले गुनासो गरेका छन् । यस्तै रबैया रहयो र समयमै सम्बन्धीत निकायले ध्यान नदिए भोलीका दिनमा यो कम्पनी माथि कसले बिश्वास गर्ने त ?
No comments:
Post a Comment