Pages

देश संक्रमणकालमा फसेको छ

बारा १५ श्रावण/ समयमा संबिधान निर्माणका लागि राजनीतिक दलले गरेका प्रयास बिषय एक दिने छलफल कार्यक्रम आज बाराको सदरमुकाम कलैयामा सम्पन्न भएको छ । .............
महिला मानव अधिकार रक्षक सञ्जाल बाराको आयोजनामा सम्पन्न सो कार्यक्रममा बक्ताहरुले समयमै राजनीतिक दलका नेताहरुले संबिधान निर्माण नगर्दा देशमा संक्रमणकालको अवस्था सिर्जना भएको बताएका छन् । तोकिएकै समयमा शान्ति तथा संबिधान निर्माणको कार्य नभएको कारण देशमा बिभिन्न समस्या देखिएकोले तोकिएकै समयमा शान्ति तथा संबिधानको कार्य पुरा गर्नको लागि बक्ताहरुले जोड दिएका थिए । आयोजक संस्थाका अध्यक्ष निभा सिंहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा मिनाक्षी चौधरी, रञ्जित पटेल, लुकेश सिंह, धर्मेन्द्र यादव, धिरज जैसवाल, नागेन्द्र यादव, श्यामाकुमारी साह, बबिता जैसवाल, सुभाषप्रसाद साह, राकेश पाण्डे, जयनारायण यादव, लालबाबु कुश्वाहा लगायतका बक्ताहरुले आफ्नो बिचार राखेका थिए । कार्यक्रममा निभा सिंहले एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

No comments:

Post a Comment