Pages

आवत जावत गर्न समस्या

बीरगंज २९ श्रावण/ जिल्ला बिकाश समितीको लपरवाहीका कारण पर्साको पोखरीया सडक खण्डमा यातायातको साधनमा बटुवाहरुलाई आवत जावत गर्न समस्या भएको छ ।
सडक ग्रेभलका लागि सडकमा खन्याईएको गिट्टी, ढुङ्गा डोजर लगाएर ग्रेभल नगरेका कारण सवारी साधन र बटुवालाई आवत जावत गर्न समस्या भउएको हो । जिल्ला बिकाश समितीको बजेट मार्फत ठेकेदारले ग्रेभलमा लागि सडकका बिभिन्न ठाँउमा खन्याएको गिट्टी, ढुङ्गा थुपारीएका कारण बिगत १०/१५ दिन देखी सवारी साधन  यात्रुहरुलाई सास्ती भएको स्थानिय वासीहरुले गुनासो गरेका छन । सडकमा बनाईएको गिट्टी, ढुङ्गा सम्याउनका लागि सम्बन्धीत ठेकेदार र जिल्ला बिकाश समितीमा पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको स्थानिय बासिले बताएका छन ।

No comments:

Post a Comment