Pages

पर्सामा किङ कोब्रा फेला पर्‍यो



















बीरगंज १५ श्रावण/ पर्साको ठोरी गाबिस वडा नम्बर ८ गौतम नगरमा आज बिहान किङ कोब्रा जातको बिषालु सर्प फेला परेको छ । ............
सर्पमा अतिनै दुर्लभ मानिने किङ कोब्रा जातको बिषालु सर्प बिहान खेतमा फेला परेको हो । ६ फिट लामो करिब १५ सेन्टिमिटर मोटो किङ कोब्राले धामिन सर्पलाई निलीरहेको अवस्थामा स्थानिय बासिन्दाले देखेपछि नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुन्जको जङगलमा छाडेका छन । चितवन राष्ट्रिय निकुन्ज अन्तरगत पर्ने आमोवाँ पोष्टमा कार्यरत कर्मचारीको रोहोवरमा गाँउले किङ कोब्रालाई निकुन्जको जङगलमा छाडेका हुन । ठोरी ८ गौतम नगरमा करिब एक महिना अघिपनि अर्को एउटा किङ कोब्रा जातको सर्प फेला परेको थियो ।

No comments:

Post a Comment