Pages

राज संस्थाको महत्व बारे गोष्ठी

बीरगंज ८ भदौ/ वर्तमान राष्ट्रिय परिवेशमा सम्बैधानिक राज संस्थाको महत्व र आवश्यकता बारे एक दिने विचार गोष्ठी आज वीरगंजमा सम्पन्न गरेको छ ।
वीरगंजको स्थानी होटल सम्झनामा आयोजित सो विचार गोष्ठीमा सहभागि बक्ताहरुले वर्तमान परिस्थितबाट बचाउन र नेपाललाई विखण्डन र मृत्युबाट बचाउन सम्पूर्ण राष्ट्रवादीहरु एकताबद्ध भई अहिंसक जनआन्दोलन गर्न आवश्यक रहेको बताएका छन । उनिहरुले गणतन्त्र, सघियता र धर्मनिरपेक्षता नेपाली जनताको हित विपरितको व्यवस्था हो भनी सानो अवधिमानै प्रमाणित भईसकेको अवस्थामा मुलुक अस्थिरता र द्धन्द्धग्रस्त भै विखण्डन र समाप्त हुने बताएका हुन् । उनीहरुले असुरक्षा, अशान्ति, भ्रष्टाचार, दण्डहिनता, मंहगी, हत्या, अपहरण, जबरजस्ती चन्दा असुलm व्यापक लोडसेटिङ्घ पराकाष्टमा पुगेको हुनाले यसबाट मुक्त हुन र नेपाललाई पुन विकास तर्फ उन्मुख गराउन सवैधानिक राजसस्थाको आवश्यकता रहेकोमा समेत जोड दिएका थिए । राजभक्त राष्ट्रवाद समूह पर्साका अध्यक्ष दिनानाथ प्रसाद यावदको अध्यक्षतामा भएको विचार गोष्ठीमा समाजसेवी पशुपति विक्रम साह, राप्रपा नेपालका केन्द्रिय सदस्य शम्भु चौरसिया, अधिबक्ता रामारानी श्रेष्ठ, गजेन्द्रदेव ठाकुर, अनु राणा, विनोद तिम्लसिना लगायतले मन्तव्य दिएका थिए ।

No comments:

Post a Comment