बीरगंज २२ श्रावण/ अपराध र भ्रष्टाचार सम्बन्धमा राष्ट्रिय सेवक र जनताको दायित्व बिषयक बिचार गोष्टी आज बीरग.जमा सम्पन्न भएको छ ।
पब्लिक एन्टी क्रप्सन बीरगंजले जिल्ला बाल कल्याण समितीको सभाकक्षमा आयोजना गरेको कार्यक्रममा बोल्दै पर्साका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवि अधिकारीले घुस लिए दिएको उजुरी आएको खण्डमा त्यस्तालाई कानुनी कटघरामा उभ्याने बताउनु भयो । पर्साका प्रहरी उपरीक्षक रमेश खरेलले जनता र प्रहरी मिली काम गरे भ्रष्टाचार र अपराध दुबै नियन्त्रण गर्न सकिन्छ भन्नुभयो । दश राष्ट्र मध्ये नेपाल पनि भ्रष्ट राष्ट्रमा पर्छ तसर्थ हामीले बोलेका र गरेका प्रतिब्धतालाई पुरा गर्नु पर्छ भन्नुभयो । स्थानिय बिकाश अधिकारी बिश्वराज डोटेलले प्रहरीले आफैबाट सुद्वढीकरण गरेर भ्रष्टाचारमा कमि ल्याएको बताउनु भयो । भुमि सुधार कार्यालयका प्रमुख श्रवण कुमार पोखरेलले पर्सा जिल्ला अपराधिक कृयाकलापको गढ मानीएता पनि हाल सो कृयाकलापमा कमी आएको बताउनु भयो । अन्तरिक राजश्व कार्यालय पर्साका प्रमुख कर अधिकृत उनन्त कुमार खत्रीले राष्ट्रि सेवकको दायित्व केहो भनेर चिनाउनु पर्छ र बुझनु पर्छ भन्दै राष्ट्रि सेवकले पद्धतीमा बसेर जनताका लागि काम गर्नु पर्छ भन्नुभयो । बीरगंज उधोग वाणिज्य संघका उपाध्यक्ष अशोक बैधले जब सम्म राष्ट्र शिक्षीत हुदैन तब सम्म भ्रष्टाचार न्युनिकरण नहुने बताउनु भयो । पब्लिक एन्टी क्रप्सन बीरगंजका अध्यक्ष मन्सुर हक सिधिकीको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधीहरु, संचारकर्मी, ब्यापारी लगायतको उपस्थिती रहेको थियो ।

No comments:
Post a Comment