Pages

सक्रिय साप्ताहिक चौथो बर्षमा

हेटौडा २४ श्रावण/ हेटौडाबाट हरेक बुधवार प्रकासित हुदै आईरहेको सक्रिय राष्ट्रिय साप्ताहिक तेश्रो वर्ष सफलता पूर्वक पुरा गरी चौथो  बर्षमा प्रवेश गरेको छ  ।
२०६५ साल श्रावण २२ गते बुधवारबाट आफ्नो प्रकाशन शुभारम्भ गरेको यस साप्ताहिक निरन्तर रुपमा  प्रकासित हुदै आई रहेको छ । पत्रकारिताको आचारसंहिताको परिधि भित्र रही  जनताको सूचनाको हकलाई सुरक्षित गर्दै जनतालाई नै  सुसूचित गर्न सक्रिय हुने उद्देश्यका साथ प्रकासित सक्रिय साप्ताहिकले  आफ्नो प्रकाशनमा सामाजिक, आर्थिक, शैक्षिक,धार्मिक, प्राविधिक, स्वास्थ्य,राजनैतिक,धार्मिक,साास्कृतिक,खेलकुद लगायत विषयलाई प्राथमिकताका साथ उठाउदै आईहरेको छ  । प्रकासनको दौरानमा विभिन्न आरोह अवरोह पार गर्दै जनपक्षिय पत्रकारितामा पुर्याएको योगदानको कदर गर्दै प्रेस काउनसिलको मुल्याड.कनमार् ख’ वर्गमा सूचिकृत हुन सफल पनि भएको छ ।  चौथो बर्षमा प्रवेश गरेको सुभअवसरमा पत्रिकाका प्रकाशक तथा सम्पादक सुपेन्द्र बस्नेतले पत्रिकाको निरन्तरता र सफलतामा योगदान पुर्याउने सबैमा आभार प्रकट गर्नु भयो ।  बस्नेतले मोफसलमा रहेर पत्रिका निकाल्नु र पत्रकारिता गर्नु निकै चुनौतिपूर्ण भएता पनि प्राप्त सहयोग र सद्भावले नै हामीलाई  सफलता मिलेको हो,उहााले भन्नु भयो ,‘यो सफलताले हामीलाई जनपक्षिय पत्रकारिताका लागि थप दायित्व बोध गराएको छ । स्वतन्त्रत, निष्पक्षत,विश्वस्नियत र ब्यवसायिक पत्रकारिताका  लागि भावी दिन अझ सक्रिय भई अघि बढ्ने प्रतिवद्धता जाहेर गर्दछौं ।’ पत्रिकाको आयु,गुणस्तरियता र सफलतामा सहयोगि र शुभचिन्तकहरुको महत्वपुर्ण भूमिका रहने भएकाले आगामी दिनमा पनि आवश्यक सहयोग उपलब्ध गराउन सबैलाई  बस्नेतले आग्रह समेत गर्नु भयो । मकवानपुर जिल्लामा सवा सयको हाराहारीमा पत्रिकाहरु दर्ता भएका  मध्ये निकै कम संख्यामा नियमित प्रकाशित भईरहेका छन् । अहिले पााच वटा दैनिक र पुराना तथा नयाा गरी करिब डेढ दर्जन साप्ताहिक पत्रिकाहरु हेटौडबाट नियमित प्रकासित भईरहेका छन् ।

No comments:

Post a Comment