बीरगंजस्थित भारतीय महावाणिज्य दुतावासमा आयोजित कार्यक्रममा महावाणिज्य दुत अग्रवालले झण्डोतोलन गर्दै भारतीय राष्ट्रपति श्रीमती प्रतीभा पाटिलले देशको नाममा जारी गर्नु भएको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । ६५ औ भारतीय स्वतन्त्रता दिवसको अवसरमा महाबाणिज्य दुत अग्रवालले बाराको हर्दिया हेल्थ पोष्ट, हेटौडा उपक्षेत्रीय अस्पताल, रौतहटको पिपरीया हेल्थ पोष्ट, नेपाल रेडक्रस सोसाईटी चितवन र भरतपुर मेडिकल कलेज तथा शिक्षण अस्पताललाई एक एक थान एम्बुलेन्स हस्तान्तरण गर्नु भएको थियो । त्यसतै हेटौडाको मकवानपुर बहुमुखी कयाम्पसलाई बिधार्थी बोकने बसपनि हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा महाबाणिज्य दुत अग्रवालले एम्बुलेनस र बसको साँचो हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा लोकतन्त्रका चुनौतीहरुका बिषयक निबन्द प्रतियोगीतामा प्रथम स्थान हासिल गर्ने ठाकुराम बहुमुखी कयाम्पसका बिधार्थी अलि असगर देवानलाई महाबाणिज्य दुत अग्रवालले पुरस्कृत गर्नुको साथै महात्मा गान्धी छात्रबृती प्राप्त गर्ने बिधार्थीहरुलाई छात्रबृती हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा बीरगंजस्थित दिल्ली पब्लिक स्कुल, डिएभी स्कुल र हरिखेतान बहुमुखि कलेजका छात्र छात्राहरुले भारतको राष्ट्रियता झल्किने खालका गितहरु गाएका थिए । समारोहमा पर्सा प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम, प्रहरी उपरीक्षक समेश खरेल, बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष अशोर टेमानी, बरिष्ठ उधोगपति, समाजसेवी, बुद्धिजिवि, नागरिक समाज, सञ्चारकर्मी लगायत स्थानिय ब्यक्तिहरु उल्लेखनिय उपस्थिती रहेको थियो ।




No comments:
Post a Comment