Pages

दुर्घटनामा ४ सय ३६ को मृत्यु

वीरगंज १७ श्रावण/ अघिल्लो एक बर्षभित्र मध्यमाञ्चल विकास क्षेत्रका १६ जिल्लामा सडक दुर्घटनामा परी ४ सय ३६ ले ज्यान गुमाएका छन ।
मध्ये क्षेत्रीय टफिक कार्यालय बारा पथलैयाका अनुसार मध्ये क्षेत्रका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी यति धेरैले ज्यान गुमाएका हुन । कार्यालयले दिएको जानकारी अनुसार अघिल्लो अर्थिक बर्ष यस क्षेत्रमा १ हजार ८९ सवारी दुर्घटना भएका थिए । दर्घटनामा परी १ हजार २० गंभिर र १ हजार १ सय ७४ जना समान्य घाइते बनेका छन । सवारी दुर्घटनाबाट ११ चौपाय समेत मरेका थिए । मध्ये क्षेत्रमा काठमाण्डौ उपत्यका बाहेक बागमति, नारायणी र जनकपुर अन्चलका जिल्लाहरु पर्दछन । चालकको लापर्वाही, यात्रुहरुमा टफिक चेतनाको अभाव र सवारी साधनमा उत्पन्न हुने गडबढीका कारण अधिकांश दुर्घटना हुने गरेको कार्यालयले जनाएको छ । सोही अवधिमा मध्ये क्षेत्रमा ८ सय ६३ घण्टा सडक अवरुद्ध बनेको बताइएको छ ।

No comments:

Post a Comment