वीरगंज १७ श्रावण/ एसएलसी परीक्षामा अत्याधिक विद्यार्थी उतीर्ण बनाउन कलैया नगरपालिकास्थित नेपाल राष्टिय उच्च माध्यमिक विद्यालय मदर्सामा बर्षे विदामा पनि कक्षा संचालन गरिएको छ ।
अघिल्लो बर्ष एसएलसी परीक्षामा अत्याधिक विद्यार्थी फेल भएपछि विद्यालयलको कक्षा १० का छात्रछात्राहरुका लागि बर्षे विदामा निशुल्क कक्षा संचालन गरिएको हो । परीक्षामा उतीर्ण प्रतिशत बृद्धि गर्न गणित, विज्ञान र अंग्रेजी विषयको थप कक्षा संचालन गरिएको प्रधानाध्यापक मनोज साहले जानकारी दिए । मुख्य विषयमा थप कक्षा संचालन गरिएपछि उतीर्ण प्रतिशत वृद्धि हुने उनले बताए । जिल्लाका अन्य सामुदायिक विद्यालयहरु भने बर्षे विदा अन्तरगत साउनको पहिलो सातादेखि डेढ महिनासम्मकोलागि बन्द भएका छन । एससलसीमा विद्यालयका अधिकांश विद्यार्थी अनिवार्य गणित र विज्ञान विषयमा अनुतीर्ण बनेका थिए । विद्यालयमा अघिल्लो बर्षको एसएलसी परीक्षामा ४५ प्रतिशत विद्यार्थीमात्र उतिर्ण भएका छन ।

No comments:
Post a Comment