बीरगंज २६ श्रावण/ अपाङ सेवा संघ गाँउ ईकाई समिति डुमरवाना विघटन भई नयाँ समितिमा ठाकुर प्रसाद ढुंगाना चयन भएका छन् ।
डुमरवानामा भएको अपाङहरुको भेलाले ढुंगानालाई अध्यक्ष चयन गरेको हो । उपाध्यक्ष र सचिवमा क्रमश: कृष्ण तिमल्सेना,रमेश विडारी चयन भए । सदस्यहरुमा कमल चौलागाई, अम्बिका खतिवडा, जुवा लामा रहेका छन् । त्यस्तै सल्लाकारहरुमा पार्वति अधिकारी, विदुर खड्का र डुमरवाना गाविसका सचिव श्याम प्रसाई रहेका छन् । पुरानो विद्यानमा सपाङहरु पनि मुख्यपदमा रहने ब्यवस्था रहन पाउँने ब्यवस्था अनुसार सल्हाकारमा सपाङ पनि छन् ।
No comments:
Post a Comment