बीरगंज ४ भदौ/पर्सा जिल्लाको सुर्जाहा गाविस स्थित रहेको रामकृष्ण मन्दिरमा आज समाज सुधार तथा सांस्कृतिक उत्थान केन्द्र सुर्जाहाकट्टिले बृक्षारोपन गरेको छ ।
श्री कृष्णा अष्ठमीको उपलक्ष्यमा सो बृक्षारोपन कार्यक्रमको आयोजना गरिएको आयोजक समितिले जनाएको छ । स्थानिय दिनानाथ साहको प्रमुख आतिथियमा भएको बृक्षारोपन कार्यक्रममा जिल्ला बन कार्यालय पर्साले निशुल्क उपलब्ध गराएको साल, सफेटा, बटेन लगायतका विभिन्न परिजातिका सयौ बोटविरुवाहरु बृक्षारोपन गरिएको थियो । सो कार्यक्रम उत्थान केन्द्रका अध्यक्ष उमेश बैठाको अध्यक्षमा सम्पन्न भएको थियो । सो वखत स्थानीय गाउंले भद्र भलादमी एवं समाजसेवीहरुको विशेष उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment