बीरगंज २६ श्रावण/ जिल्ला भु–संरक्षण कार्यालयको सहयोगमा कटान रोक्न वृक्षारोपण सम्पन्न भएको छ ।
स्थानियवासी, राजनैतिकदलका प्रतिनिधि समेतको पहल र सहयोगमा वृक्षारोपण सम्पन्न भएको जनमोर्चा नेपालका दिपक चौधरीले बताउनुभयो । १०/१५ वर्ष देखि कटान बालगंगा खोलाले कटान गर्न थालेपछि पीडित बनेका डुमरवाना–६ र ७ का स्थानियवासीहरुले एक सय थान बाँस, ५सय अमृसो तथा आँप, लिच्ची, कटहर समेत रोपिएको कार्यक्रममा सहभागि हरि अधिकारीले बताउनुभयो । बाँस र अमृसो बाढी नियन्त्रण गर्न जैविक बाँस सरह काम गर्ने कुरा भु–संरक्षणका कर्मचारीले बताएका छन् ।
No comments:
Post a Comment