Pages

ब्राउन सुगर सहित एक पक्राउ

बीरगंज १८ श्रावण/ सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले आज ब्राउन सुगर सहित एक जना युवकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प हनुमान मन्दिरका सशस्त्र प्रहरी निरिक्षक भिमसेन बोहारा र प्रहरी चौकी परवानीपुर पर्साका प्रहरी सहायक निरिक्षक धन बहादुर तामाङ्गको नेतृत्वमा गएको संयुक्त टोलीले संड्ढाको आधारमा चेक–जाँच गर्दा ६ सय मिलीग्राम ब्राउन सुगर सहिात एक जना युवक पक्राउ परेका हुन । पक्राउ पर्नेमा पर्साको चोर्नी गाविस वार्ड नं.९ स्थित टेंढा बस्ने १९ बर्षिय दिनेश भनिने छोटेलाल महत्तो रहेका छन् । संयुक्त प्रहरीको टोलीले हिजो बेलुकी करिब साढे सात परवानीको बजारमा गस्ती गर्ने क्रममा महत्तो माथी संड्ढा लाग्दा उनको सरिर खान तलासी गर्दा ६ सय मिलिग्राम ब्राउन सुगर खल्तीबाट फेला परेको थियो । पक्राउ परेका महत्तोलाई ब्राउन सुगर सहिात आवश्यक कारवाहीका लागी हाल जिल्ला प्रहरी कार्यालय पर्सा बुझाईएको सशस्त्र प्रहरी निरिक्षक बोहाराले जानकारी दिनु भयो ।

No comments:

Post a Comment