Pages

घुस लिंदै गर्दा अधिकृत पक्राउ

बीरगंज १८ श्रावण/ यातायात व्यवस्था अंचल कार्यालय नारायणी बीरगंजका शाखा अधिकृत गणेश ज्ञवालीलाई आज पर्सा प्रहरीले घुस लिदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।
बीरगंज पथलैया सडक खण्डमा चल्नका लागि दिइने रुट परमिटका लागि घुसमाग गरेपछि पडित पक्षले जिल्ला प्रशासन कार्यालय पर्सामा दिएको उजुरीको अधारमा प्रशासन कार्यालयबाट सादा पोशाकमा खटिएको प्रहरीले दिउसो करीब ३ बजे ज्ञवालीलाई पक्राउ गरेको हो । ज्ञवालीले रुट परमिटका लागि ६३ हजार रुपैया घुस लिएको अवस्थामा रङ्गेहात पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हाल ज्ञवालीलाई जिल्ला प्रशासन कार्यालयमा सोधपुछ पश्चात आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिने प्रहरी उपरिक्षक रमेश खरेलले बताउनु भएको छ ।

No comments:

Post a Comment