बीरगंज ४ भदौ/ श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज वीरगंज नगर क्षेत्रभित्र रहेका सम्पूर्ण कृष्ण मन्दिरमा भक्तजनहरुले पूजा अर्चना गरेका छन् ।
सोही क्रममा स्थानीय गीता मन्दिरमा कृष्ण भगवानको पुजा गर्न भत्तजनहरुको घुईलो लागेको थियो । कष्णाष्ठमीको ब्रत बसेका महिलाहरुले पुजा अर्चनाका लागि मन्दिर अगाडी विहानै देखि लाम लागेका थिए । सो अवसरमा झट हेर्दा एक किसिमको मेला जस्तै लागेको थियो । त्यसै गरि वीरगंजको विर्ता स्थित कृष्ण मन्दिरमा स्थानीय एवं बाहिरका भक्तजनहरुले भक्ति भाव पूर्वक श्री कृष्ण भगवानको पुजा अर्चना गर्दै भक्ति भाव पूर्वक भजन समेत गरेका थिए । बिषेशगरि आज महिलाहरू ब्रत बसी रातभर जाग्राम बस्ने गर्छन । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । यसै अवसरमा देशभरका कृष्णमन्दीरहरुमा पनि आजको दिन ठूलो मेला लाग्दछ । आजै वीरगंज नगरको विभिन्न ठांउ जस्तै रानि सति मन्दिर, माईस्थान लगायतका ठाउंमा श्री कृष्ण भगवानको झाकी निकालिएको थियो । साना साना बाल बालिकाहरुलाई सिंगार गरि कृष्ण एवं राधाको रुपमा सजाएर राख्ने एवं झुलुङ्गामा झुलाउंदै गरेको झाकी समेत निकालिएको थियो ।
No comments:
Post a Comment