बीरगंज १ भाद्र/ बीरगंजबाट प्रकाशित हुने प्रतीक दैनिक आज २५ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
विक्रम सम्बत २०४३ सालबाट साप्ताहिक पत्रिकाको रुपमा संचालन भई पछि आएर दैनिक पत्रिकाको रुपमा प्रकाशित हुदै आईरहेको प्रतीक दैनिक आजबाट २५ औ बर्षमा प्रवेश गरेको हो । प्रतीक दैनिक रजत बर्ष प्रवेश समारोहको अवसरमा आज प्रतीक प्रकाशनले सामाजिक दायित्व र पत्रकारिता बिषयक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ । अन्तर्क्रिया कार्यक्रममा पत्रकारिताको नागरिक समाजप्रतिको उत्तरदायित्व बिषयमा नागरिक समाजका अगुवा अधिवक्ता रामेश्वर सेढाइले कार्यपत्र प्रस्तुत गरेका छन् । सेर्ढाईले आफनो कार्यपत्रमा हिजोको पत्रकारिताको सन्दर्भमा आज पत्रकारिता र समाजको निकै बिकास भइसकेको छ । तैपनि मोफसलको पत्रकारितामा ज्ञानको कमि रहेको कुरा आफनो कार्यपत्रमा उल्लेख गरेका छन् । कार्यपत्रमा अस्वस्थ्य प्रतिस्पर्धा र विज्ञापनमुखि पत्रकारिताले हाम्रो समाजमा पत्रकारिता क्षेत्रलाई माथि उठन नदिएको पनि उल्लेख छ । यता नागरिक समाजको पत्रकारिताप्रतिको उत्तरदायित्व बिषयमा पत्रकार के।सी। लामिछानेले आफनो कार्यपत्र प्रस्तुत गरेका छन् । समाज र सामाजिक बिकासमा पत्रकारिताको आफनै खाले महत्व हुन्छ । तर त्यसको लागि नागरिक र समाजले पनि साथ दिनुपर्ने कार्यपत्रमा उल्लेख छ । समाजको बिकासको लागि नागरिक समाज रक्षाकवचको रुपमा अगाडी आउनु पर्छ, किनभने अहिलेको समयमा सञ्चार र समाजबीच दुरी होईन एक अर्कासंग हातेमालो गरेर अगाडी बढनु पर्ने उल्लेख छ । प्रतीक दैनिकका सम्पादक जगदिश शर्माको सभापतित्वमा सम्पन्न अन्तर्क्रिया कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथि पर्साका प्रहरी उपरिक्षक रमेश खरेल, ठाकुरराम कलेजका प्राध्यापक इन्दुशेखर मिश्र, बीरगंज उधोग बाणिज्य संघका केन्द्रीय सदस्य बिजय सरावगी, उधोगी मनोज दास र हरिखेतान कलेजका प्राध्यापक श्रीमती सुषमा द्धिवेदीले टिप्पणी गरेका थिए । टिप्पणीको क्रममा टिप्पणीकर्ताहरुले बीरगंजमा जनसंख्याको अनुपातमा पत्रपत्रिका मात्रै बढेको तर समाचारको गुणस्तर नबढेको टिप्पणी गरेका छन् । वक्ताहरुले सञ्चारमाध्यमले दिएको समाचारले समाजमा नकारात्मक र सकारात्मक दुबै खाले प्रभाव पार्न सक्ने भएकोले यो क्षेत्र सजग हुनु पर्ने टिप्पणी गरे । साथै दुबै कार्यपत्रमा महिला पत्रकारिताको कुरा कतै नसमेटिएकोमा श्रीमती द्धिवेदीले टिप्पणी गरे । पत्रकारले समाजको बिकास हुने खालको पत्रकारिता गर्नुपर्छ तर हामी कहा समाचार बेच्ने काम मात्रै गरेको प्राध्यापक मिश्रले टिप्पणी गरे ।
अन्तर्क्रिया कार्यक्रमको अन्त्यमा प्रतीक दैनिक परिवारले विगत ३ बर्षदेखि वितरण गर्दै आईरहेको स्व। सुवोध स्मृति पुरस्कार समितिले ०६८ सालको सुवोध स्मृति पुरस्कार बाराका फोटो पत्रकार जितबहादुर श्रेष्ठलाई प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथी पर्साका प्रजिअ तारानाथ गौतमले फोटो पत्रकार श्रेष्ठलाई १० हजार रुपैया राशीको चेक र सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा बाराका प्रजिअ बसन्त कुमार उपाध्याय, भारतीय महाबाणिज्य दुत आषुतोष अग्रवाल, जिल्ला बिकास समिति पर्साका स्थानीय बिकास अधिकारी विश्वराज डोटेल, बीरगंज उपमहानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत शिवदत्त भटर्राई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य महेश दास र श्याम सिंहको सहभागिता रहेको थियो । पत्रकार प्रताप श्रेष्ठद्धारा संचालित कार्यक्रममा प्रतीक दैनिकका पूर्व सम्पादक धर्मेन्द्र भटर्राईले स्वागत मन्तब्य राखेका थिए ।
No comments:
Post a Comment