बीरगंज ३१ श्रावण/ युनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बीरगंज चौथो बर्षमा प्रवेश गरेको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा महिला तथा पुरुष गरी २१ जनाले रक्तदान गरेका छन् ।
विक्रम सम्बत २०६५ साल श्रावण ३१ गतेका दिनबाट आफनो कारोवार शुरु गरेको युनिक बचत तथा ऋण सहकारी संस्थाले प्रत्येक बर्ष यसैगरी विभिन्न प्रकारको कार्यक्रमको आयोजना गरी आफनो बार्षिकोत्सव मनाउने गर्दै आईरहेको छ । यसपटक बीरगंजमा रक्त संचार केन्द्रमा रक्त अभाव भएको समाचारहरु प्रकाशित भएपछि रक्त अभाव कम गर्ने उद्धेश्य लिएर रक्तदान कार्यक्रमको आयोजना गरेको हो । बीरगंज रक्त संचार केन्द्रको सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा मधेसी जनअधिकार फोरम नेपालका महिला समितिका जिल्ला अध्यक्ष श्रीमती सुनिता सिंहले सबैभन्दा पहिले रक्तदान गरेकी थिईन । सहकारी संस्थाका अध्यक्ष मृणालचन्द अधिकारीको संयोजकत्वमा सम्पन्न रक्तदान कार्यक्रममा विभिन्न संघ संस्थाको प्रतिनिधि लगायत स्थानीयबासीले रक्तदान गरेका थिए ।

No comments:
Post a Comment