Pages

खानेपानीको लापरवाही

बीरगंज २५ श्रावण/ जिल्ला खानेपानी संस्थानको लापरवाहीका कारण सेवाग्राहीहरु मर्कामा परेका छन ।
खानेपानी बाहेक लाईनको समस्या भएकाले संस्थानमा निबेदन दर्ता गरि जानकारी गराउदा समेत मरमतका लागि कुनै सुनुवाई नभएका कारण सेवाग्राहीहरु मर्कामा परेका हुन । बीरगंजको घण्टाघर देखी गण्डक सम्म ६ लेनको सडम निर्माणका लागि डोजर लगाउँदा खानेपानीको पाइप लाईन काटीएको हो । उक्त पाइप लाईन मरमतका लागि बीरगंज १६ तेजारथ टोल निवासी बिदुर गौतमले गएको आइतबार जिल्ला खानेपानी संस्थानमा १ सय ५ रुपैया शुल्क तिरी निवेदन दर्ता गरेको भएपनि अहिले सम्म खानेपानीको पाइप लाइन मरमतका लागि कुनै सुनुवाई नभएको गुनासो वहाँले गर्नु भएको छ ।

No comments:

Post a Comment