बीरगंज ८ भदौ/ महिलाहरुलाई पाठेघरको मुखको क्यान्सर नहोस भन्ने उद्देश्यले पूर्व सतर्कता अपनाउदै खोप अभियानको बारेमा स्कुले छात्राहरुको अभिभावकसाग छलफल गरिएको छ ।
विभिन्न ११ देखि १३ वर्ष उमेर समूहका किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्नको लागि खोप अभियान सञ्चालन गर्न अभिभावकहरुसाग छलफल गरिएको हो । पहिलो चरणमा हेटौंडा नगरका विद्यालयमा पढ्ने छात्राहरुलाई लक्षित गरेर यो अभियान सञ्चालन गर्न लागेको आयोजकले बताएको छ । यसरी अभिभावकलाई खोपबारे जानकारी गराउदा प्रभावकारी हुने खोप अभियानका सुपरभाइजर रामशरण बस्नेतले बताउनुभयो । हेटौंडा स्थित रिलायन्स इङलीस बोर्डिङ्ग स्कुलको प्राङगणमा भएको छलफल कार्यक्रममा सुपरभाइजर बस्नेतले किशोरीहरुलाई यो खोप उपयोगी हुने बताउनु भयो । अबको ५ वर्षमा अभियान सञ्चालन गरेरै भएपनि पाठेघर क्यान्सर तथा आङ खस्ने समस्याका विरामी निर्मुल पार्ने जनस्वास्थ्य कार्यालय मकवानपुरको लक्ष्य रहेको सुपरभाइजर लालबहादुर ठाकुरले बताउनुभयो । यो खोप गर्भवती महिला, एलर्जी, मुटुरोगीका विरामीहरुका साथै कोहि पनि २५ वर्ष उमेर नाघेकाले लगाउन नहुने ठाकुरले बताउनुभयो । प्रत्येक २/२ को फरक पारेर ६ महिना सम्ममा जम्मा तिन पटक मात्र लगाउनु पर्ने खोप तिनपटक अनिवार्य लगाउनु पर्दछ । विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ मन्त्रालयबाट सञ्चालित यो खोपको जरुरी अभियान महत्वपुर्ण भएकोले आफुहरुले छलफल गर्ने स्थल जुराइदिएको रिलायन्स स्कुलका प्रधानाध्यापक केशबलाल श्रेष्ठले बताउनुभयो । हाल हेटौंडा नगरमा सञ्चालन भैरहेको खोपको प्रचार प्रसारमा फितलो हुादा यसबारे सर्वसाधारणले जानकारी पाएको देखिदैन । प्रधानाध्यापक श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न भएको छलफलमा भदौ १८ गते रिलायन्स इङ्गिलिस बोर्डिङ स्कुलमा खोप कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको थियो ।
No comments:
Post a Comment