Pages

कुरुप बन्दै कलैया

बारा २५ श्रावण/ बारा जिल्लाको सदरमुकामको रुपमा रहेको कलैया नगरपालिकाको भरत चोक अवस्थित शहरिकरण तथा चोक वरपरको अवस्थित पसलको कारण कुरुप बन्दै गइरहेका छ ।
चोक वरपर अवस्थित रुपमा संचालित ठेला पसलहरुले सडक छेकेर गर्ने व्यवपार, पसलबाट बाटोमा आउने फोहर तथा पानिले बाटो हिलो बनाउने गरेको छ । चोकमा भएका पसलेहरुले बाटो छेकिने गरि बाटोमा नै छपरि लगाउने, त्रिपाल टाग्ने तथा पसलको व्यवपार सडकमानै गर्नाले बाटो साघुरो भएको छ । अवस्थित पोष्टर पम्पेटिङ्ग, वाल पेन्टिङ्ग तथा बाटो वारपार हुनेगरि गरिएको तुल व्यानरले कुन दिन र्दुघटना निम्त्याउने हो थाहा छैन । सडकमा नै गरिएको सवारि साधनको पार्किङ्गले सडक जाम हुने तथा यातायातमा बिघनत हुने गरेको छ । सडकमा छाडा छाडिएका जनावरको कारण बाटो साधुरो तथा असुरक्षित हुनपुगेको छ । गधा, भैसि, घोडा, तथा पागल कुकुरहरुको क्रियाकलापको बाटो हिड्ने बटुवा तथा महिलाहरुलाई असहज हुने गरेको छ । सडक आरपार रहेको अशोकको विरुवाहरुलाई व्यवस्थित रुपमा छाटकाट नगरि जरा मात्र बाकि रहने गरि काटिएको छ जस्ले बटुवाहरुलाई शितलताबाट बन्चित र चोकलाई कुरुप बनाउने कार्य भएको छ । केहि समय पहिला प्रमुख जिल्ला अधिकारि तथा सरोकार वालाहरुको पहलमा सडक अतिक्रमण नियन्त्रण तथा अवस्थित सवारि पार्किङ्ग नियन्त्रण कार्यले तिव्रता पाएता पनि हाल समस्या जहााको त्यहि रहेको छ । चोक सफासुघर,हरियालि, व्यवस्थित तथा सुरक्षित बनाउनु हाम्रो कर्तव्य हो यसमा हामि सबैको ध्यान जोओस । यता बारा उधोग बाणिज्य संघका अध्यक्ष संजयप्रसाद गुप्ताले संघको तर्फबाट गर्नुपर्ने काम समय समयमा भईरहेको बताउादै भने–‘यस बिषयमा कलैया नगरपालिकाले ध्यान नदिएको कारण यस्तो भएको छ ।’ कलैयालाई हाराभारा तथा स्वच्छ एवं सुन्दर बनाउाने योजना कलैया नगरपालिकाले नबाएको पनि होईन कलैयाका अरुणकुमार साहले भने–‘तर कलैया नगरपालिका कर्मचारी एवं यहाा स्थित नेताहरु योजना बनाउाने र रकम कुमल्याउाने कामले योजना योजनामै सिमित हुन्छ ।

No comments:

Post a Comment