Pages

सामुदायीक संस्थालाई चेक हस्तान्तरण

बीरगंज १ भदौ/ गरिबी निवारण कोष कार्यक्रम अन्तरगत पर्साको वगही गाविस ४ मा गठन भएको राधिका सामुदायिक संस्थालाई आय आर्जन गर्नको लागि चेक हस्तान्तरण भएको छ ।
गरिबी निवारण कोष र पिपुल डेभलपमेन्ट युथ क्लब वगहीको संयुक्त आयोजनामा पर्साको बगहीमा आयोजना गरिएको चेकहस्तान्तरण कार्यक्रममा गठन भएको राधिका सामुदायिक सस्थाका १७ जना सदस्यहरुलाई आयआर्जन क्रियाकलापको लागि २ लाख ४० हजार बराबरको चेक हस्तान्तरण गरिएको छ । पिपुल डेभलपमेन्ट युथ क्लबका सचिव भग्रासन ठाकुरले सो कार्यक्रममा चेक हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरण कार्यक्रममा शिवनाथ मिश्र, कार्यक्रम संयोजक सुजित चौरसिया, कार्यक्रम सुपरभाईजर जयकान्त उपाध्याय, समाजिक परिचालिका विनोद पटेल लगायतको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment