Pages

बैकका निर्देशकको कार्यकक्षमा तालाबन्दी

वीरगंज १७ श्रावण/ बिभिन्न २८ सुत्रीय माग राख्दै अन्दोलनरत कृषि बिकाश बैकका कर्मचारीहरुले आज बैकका क्षेत्रीय कार्यालय बीरगंजका निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका छन ।
कर्मचारी संघका क्षेत्रीय सचिव नुर प्रसाद गौतमको नेतृत्वमा रहेको टोलीले निर्देशक किशोर मण्डलको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेका छन । उनीहरुले ०६८/०६९ सालको कार्यक्रम तथा बजेट तत्काल पारित गर्नुपर्ने, कर्मचारीहरुको बोनस अबिलम्ब उपलब्ध गर्नुपर्ने, सामान्य तहमा सामान्य भत्ता उपलब्ध गर्नुपर्ने, भत्ता समायोजन नगरि अविलम्ब तलब बृद्धी गर्नु पर्ने लगायतका २८ सुत्रीय माग राख्दै  आन्दोलनमा उत्रीएका हुन । कर्मचारी संघले आफनो मागलाई अबिलम्व पुरा नगरे चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन ।

No comments:

Post a Comment