Pages

१४ बर्षपछि स्वीमिङ्गपुलको उदघाटन
















बीरगंज १८ श्रावण/ स्थानीय बिकास मन्त्री श्रीमती उर्मिला अर्यालले पब्लिक, प्राइभेट र पार्टनरशिपको अवधारणालाई हामीले बहुदलिय ब्यवस्था प्राप्त भएदेखि नै लागु गर्न सकेको भए आज सबै सरकारी उधोगहरु धरासायी हुने थिएन भनेर बताईन् ।
बीरगंज १३ आदर्शनगरस्थित रहेको हेल्थ क्लव तथा स्वीमिङ्ग पुल परिसरको समुदघाटनको क्रममा मन्त्री अर्यालले यस्तो बताएकी हुन । तर ढिलै भएपनि पब्लिक, प्राईभेट पार्टनरशिपको अवधारणालाई बीरगंज उप महानगर पालिका कार्यालयले कार्यान्वयन गरेकोमा खुशी ब्यक्त गर्दै पि.पि.पि.को अवधारणा अन्तर्गत अगाडी बढन सकेमा समग्र जिल्लाको बिकास दिर्घकालिनरुपमा हुनेमा मन्त्री अर्यालले जोड दिइन । यदि सबै नगरपालिकाहरुले यसरी नै पब्लिक र प्राइभेट सेक्टरसंग पार्टनरशिप गरेर अगाडी बढन सके, यसले शहरको बिकासमा सकारात्मक प्रभाव पार्नेमा जोड दिईन । बीरगंज उपमहानगरपालिका कार्यालयका प्रमुख तथा कार्यकारी अधिकृत शिवदत्त भट्टराईको सभापतित्वमा सम्पन्न भएको समुदघाटन कार्यक्रममा सभासद अजय द्धिवेदी, ओमप्रकाश शर्मा, मधेसी जनअधिकार फोरम गणतान्त्रिकका महासचिव आत्माराम साह, पर्साका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतम, स्थानीय बिकास अधिकारी विश्वराज डोटेल, बीरगंज उधोग बाणिज्य सघका अध्यक्ष अशोक टेमानी लगायतकाले आफनो शुभकामना मन्तब्य राखेका थिए ।

No comments:

Post a Comment