बीरगंज १८ श्रावण/ बीरगंज कलैया सडक खण्ड अन्तरगत पर्ने समपुर्ण सवारी साधानहरु हिजो देखी अनिश्चतकालका लागि बन्द भएका छन ।
बीरगंज कलैया रुटमा चल्ने बसका कन्डेक्टरलाई कुटपिट गरेको बिरोधमा यातायात मजदुरहरुले हिजो देखी आहवान गरेको अनिश्चतकालीन बस हडताल आज पनि जारी रहेको हो । श्रावण १४ गते साँझ ना ३ ख १८८९ नम्बरको बसका कन्डेक्टर सरोज पटेललाई भलुही चोकमा १०/१५ जनाको संख्यामा रहेको ब्यक्तिहरुले कुटपिट गरेको थियो । कुटपिटबाट गम्भीर घाइते भएको पटेलको चितवनको भरतपुरमा उपचार भइरहेको छ । कुटपिटमा संलग्नलाई कारवाही गर्नु पर्ने र घाइते पटेलको उपचार खर्च उपलब्ध गराउनु पर्ने माग यातायात मजदुरहरु सावारी ठप्प पारी आन्दोलनमा उत्रीएका हुन । यातायात ब्यवसायी समिती कलैया बाराका आहवानमा सवारी साधान ठप्प पारेको हो । कुटपिटमा संलगन रहेकोलाई प्रहरीले पक्राउ गरि छनडेको बिरोधमा सावारी साधान ठप्प पारिएको संयुक्त यातायात ब्यवसायी समिती कलैयाका अध्यक्ष मोहन साह कानुले बताउनु भयो । सावारी साधान ठप्प भएपछि यात्रीहरु सास्ती भोगनु परेको छ । बस नचेलेपछि यात्रुहरु टाङा चालकलाई ५० रुपैया देखी ८० रुपैया सम्म चर्को भाडा तिरेर गन्तब्य तर्फ पुगन बाध्य भएका छन ।
No comments:
Post a Comment