प्रणय कुमर
वीरगंज २८ माघ/ ११ बर्षिया ऐश्वर्या भेनेशा ‘मिस तराई किड क्विन २०१२’ को ताज लगाएकी छिन् ।
वीरगंजमा शनिबार साझ सम्पन्न प्रतियोगितामा उनले १८ प्रतिस्पर्धीलाई मात दिएकी हुन् । उनलाई प्रथम मिस किड क्विन २००८ प्रशु शर्माले उनलाई ताज लगाइ दिइन् । डिएभि स्कुलकी कक्षा ६ की छात्रा ऐश्वर्याले मिस पर्सनालिटीको उपाधि पनि जितिन् । नटराज डान्स स्कुलले आयोजना गरेको यो प्रतियोगिताको फस्ट रनरअप बिमर्शा श्रेष्ठ र सेकेन्ड रनर अप प्रकृती खडका । प्रतियोगिताका अन्य उपाधिहरु मिस क्याटवाक सुरक्षा सापकोटा, मिस फोटोजेनिक कुहु चढ्ढा,मिस फ्रेन्डली ज्योती उप्रेती, मिस डिसिप्लीन्ड चेतना गोस्वामी,मिस स्मार्ट बिमर्शा श्रेष्ठ, मिस हाइजेनिक प्रकृती खडका, मिस स्टाइलिश श्रेया मानन्धर, मिस प्रिजभ्रेन्स रेश्मा शर्मा, मिस डिसेन्ट रिना रौनियार, मिस क्रिएटिभ प्रिति सिंह,मिस पङ्चुअल शालु महासेठ,बेस्ट स्किन साक्षी शाही,बेस्ट लुक सृजना जैसवाल, बेस्ट आइज सिवाङ्गी रौनियार, बेस्ट पोस्चर रक्षा तिमल्सिना र बेस्ट स्माइलको उपाधि अन्जली जैसवालले हात पारेका थिए । जजहरुमा पूर्व मिस नेपाल उषा खडगी, संचारकर्मी जगदीश शर्मा, शिक्षासेवी शोभा बनर्जी र महेश कुमार दाहाल रहेका थिए । वीरगंजस्थित सिद्धार्थ स्कुलमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुलाई प्रतियोगिताबाट संकलित रकम सहयोग गर्ने उदेश्य रहेको आयोजक संस्थाकी प्रमुख चादनी भट्टराइले बताइन् ।
No comments:
Post a Comment