Pages

प्रजातन्त्र दिवसमा बिभिन्न कार्यक्रम

बीरगंज ७ फागुण/  ६२ औ प्रजातन्त्र दिवसको अवसरमा आज बीरगंजमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
श्री माईस्थान बाल बिधा मन्दिर इन्दु लाखे निम्न माध्यमिक बिधालय द्वारा आयोजित उक्त रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका थिए । स्कुल ब्यवस्थापन समितीका अध्यक्ष राजकिशोर गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उसमान मियाँ, अनिल श्रेष्ठ, राजकिशोर गुप्ता, रामजनम चौधरी, मनिस कुमार बर्णवाल, अजय कुमार गुप्ता, अनुज क्षेत्री, अजय साह, रितेश साही, दिपेन्द्र श्रेष्ठ, गोबिन्द प्रसाद साह, संजय श्रीवास्तव लगायतले रक्तदान गरेका थिए । त्यसैगरी ६२ औ प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्य समिती पर्साले आज ठाकुराम बहुमुखि क्यामपस परिसरमा बृक्षारोपन गरेको छ । नेपाली कांग्रेस पर्साका सभापति सुरेन्द्र प्रसाद चौधरीले उदघाटन गर्नु भएको उक्त बृक्षारोपन कार्यक्रममा बिभिन्न प्रजातीका एक सय ३ वटा बोटबिरुवाहरु रोपिएको थियो । मेवा, लिच्ची, अम्बा, जामुन, अशोक, सिसो लगायतका बोटबिरुवाहरु रोपिएको थियो । बृक्षारोपन कार्यक्रममा नेपाली कांग्रेसका दिनेश सर्राफ, शैलेन्द्र यादव, बिरेन्द्र यादव, दिलीपराज कार्की, बैकुण्ठ श्रीवास्तव, नबिन सिंह लगायतकाको उपस्थिती रहेको नगर सभापति मोहम्द साहबुदीनले बताउनु भएको छ ।

No comments:

Post a Comment