Pages

पौडी प्रतियोगीता बीरगंजमा शुरु

बीरगंज १२ फागुण/  राष्ट्रिय पौडी संघ द्वारा बीरगंजमा फागुण १४ गते देखी आयोजना गर्न लागिएको राष्ट्रिय पौडी प्रतियोगीता अन्तरगत  आज देखी छनौट खेल शुरु भएको छ ।
हिजो देखी छनौट प्रक्रिया शुरु गर्न भनिएको हुदा त्यारी पुरा नभएका कारण दोश्रो चरणको खेल शुरु भएको पौडी संघका केन्द्रिय सदस्य बिजय सुनुवारले जनाउनु भएको छ । दोश्रो चरणको खेल र फईनल खेल बीरगंज आदर्शनगर स्थित स्विमिङ्ग पुल परिसरमा आयोजना हुने भएको छ । आज हुने छनौट खेलमा जिल्ला स्तरका खिलाडीहरुको सभागीता गराईएको छ । जिल्ला स्तरबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई राष्ट्रिय पौडी प्रतियोगितालाई बिकाश क्षेत्रबाट सहभागीता गराउने पौडी संघले जनाएको छ ।

No comments:

Post a Comment