Pages

क्रिकेट प्रतियोगिता सुरु

बीरगंज ७ फागुण/  नेसनल प्यावसन पर्साको आयोजनामा आइतबार देखि वीरगंजमा अन्तर विद्यालय नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगितामा नेसनल प्यावसन पर्सामा आवद्ध विद्यालयहरुले भाग लिएका छन् । आइतबार भएको पहिलो खेलमा जिएचपि स्कुलले क्याम्ब्रिज एजुकेशनल स्कुललाई १० विकेटले पराजित गरेको छ । टस हारेर पहिले व्याटिङ गरेको क्याम्व्रिज एजुकेशनल स्कूलले निर्धारित १० ओभरको समाप्तिमा नौं विकेटको क्षतीमा ५४ रन बनायो  । जवाफमा खेल्दा जिएचपिले चार ओभरमै विना कुनै क्षती ५५ रन बनाई १० विकेटले विजयी भएको छ । दोश्रो खेलमा होलिहोम स्कुलले कादम्बरी स्कुललाई पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको कादम्बरीले निधारित ओभरको समाप्तिमा छ विकेटको क्षतिमा ७० रन बनायो । प्रतिउत्तरमा होलिहोम स्कूलले चोथो ओभरमै ७१ रन बनाई बिजयी भयो । तेश्रो खेलमा ग्रिनल्याण्ड माबि बिजयी भयो । उसले शालोम माबिलाई पराजित गरेको हो । टस जिति ब्याटिङ रोजेको ग्रिनल्याण्डले १० ओभरमा तीन विकेटको क्षतिमा एक सय २७ रन बनायो । प्रतिउत्तरमा खेल्दा शालोमले पुरै ओवर खेलेर जम्ममा ३४ रन जुटाउन सक्यो ।

No comments:

Post a Comment