बीरगंज १० फागुण/ पब्लिक डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको पहिलो ६ महिनामा १५ लाख ८४ हजार संचालन मुनाफा गरेको छ ।
वीरगंजस्थित आदर्शनगरमा रहेको बैंकको आज वीरगंज उधोग वाणिज्य संघको सभाकक्षमा सम्पन्न पाँचौ साधारण सभामा बैंकले उक्त जानकारी दिइएको हो । साधारण सभामा बैंकका अध्यक्ष मदन प्रसाद अधिकारीले बैंकको बार्षिक प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो । जस अनुसार, चालु आर्थिक बर्षको पहिलो ६ महिनामा बैंकले ४७ करोड ७४ लाख रुपैया निक्षेप संकलन गरेको बताउनु भयो । यस अवधिमा बैंकले ४९ करोड तीन लाख रुपैया कर्जा तथा सापटी लगानी गरेको बताउनु भयो । उहाँले गत आर्थिक बर्षमा बैंकले नयाँ शाखा बिस्तार तथा एक्सटेन्सन काउन्टर नखोलेको र चालु आवमा पनि यस्तो कुनै योजना नरहेको बताउनु भयो । बैंकको सुचना प्रबिधिलाई प्रभावकारी बनाउने, लगानी औषध प्रतिफल दरमा सुधार गर्ने, नेपाल किल्यरिङ्ग हाउसको सदस्यता दिने, ई बैंकिङ्ग र एसएमएस बैंकिङ्ग जस्ता सेवाहरुको बिस्तार गर्ने जस्ता बैंकको भावी योजना रहेको अध्यक्ष अधिकारीले बताउनु भयो । कार्यक्रममा सुमन प्रसाद क्याल, शुसिल कुमार धुर्का, सुमन पुडासैनी, सुदिप श्रेष्ठ, राजा महर्जन लगायतकाको उपस्थिती रहेको थियो । साथै सोही कार्यक्रममा अधिवक्त एवम् बैंकका सल्लाहकार बालमुकुन्द खरेलले ५ जनालाई सपथ खुवाई प्रमाण पत्र हस्तान्तरण गर्नु भएको थियो ।
No comments:
Post a Comment